Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Highlights

Faqs

Registration को लागि सम्बन्धित क्याम्पसहरुले भर्ना भएका विद्यार्थिहरुको विवरण भरेपछि सम्बन्धित विद्यार्थिको email मा username र password जान्छ र  student.exam.tu.edu.np मा गई उक्त username र password प्रयोग गरि registration खुला अवधिभर विद्यार्थिहरुले आफै registration form भर्न सक्नेछन् वा क्याम्पस आफैले पनि भर्न सक्नेछन् ।

मार्कसिटहरुको फोटोकपी र Registration card को फोटोकपी ।

  •     लाग्ने शुल्क प्रविणता प्रमाण पत्र तह (PCL) तर्फ:

                       बार्षिक प्रणालीको हकमा रु. ३५०
                       सेमेष्टर प्रणलीको हकमा रु. ४५०

  •    लाग्ने शुल्क स्नातक तह (Bachelor's) तर्फ:

                        बार्षिक प्रणालीको हकमा रु. ४५०
                        सेमेष्टर प्रणलीको हकमा रु. ५५०

  •    लाग्ने शुल्क अधिस्नातक तह (PGD) तर्फ:

                        बार्षिक प्रणालीको हकमा रु. ४५०
                        सेमेष्टर प्रणलीको हकमा रु. ५५०

  •     लाग्ने शुल्क स्नातकोत्तर तह (Master's) तर्फ:

                        बार्षिक प्रणालीको हकमा रु. ५५०
                        सेमेष्टर प्रणलीको हकमा रु. ७५०

  •    लाग्ने शुल्क M.Phil तर्फ: रु. ७५०

Transcript लिएको दिन देखि करिब ६ महिना वा बढमिा १ बर्ष सम्म मूल प्रमाणपत्र (Orginal Certificate) नआउने समय सम्मको लागि यस प्रकारको सर्टिफिकेट आवश्यक पर्छ ।   
यस किसिमको सर्टिफिकेट अप्लाई गर्नको लागि Transcript को सक्कल र फाटोकपी आवश्यक पर्छ । 

  •     Bachelor's/PGD तर्फको हकमा लाग्ने रु. ३५०
  •     Master's/M.Phil तहको हकमा लाग्ने शुल्क रु. ५५०

यस किसिमको सर्टिफिकेट अप्लाई गर्नको लागि निम्न कागजपत्र आवश्यक पर्छ । 
    Transcript को फाटोकपी – १ प्रति ।
    नागरिकताको फोटोकपी – १ प्रति ।
    MRP Photo – १ प्रति ।

    प्रविणता प्रमाण पत्र (P.C.L) तहको हकमा लाग्ने शुल्क रु. १०५०

   २०१७ जुन ०१ सम्मको हकम ः
   Bachelor's / PGD तहको हकमा लाग्ने रु. १७००
   Master's / M.Phil तहको हकमा लाग्ने शुल्क रु. १८००
   PHD तर्फको हकमा लाग्ने रु. २०००

  २०२४ जुन १४ सम्मको हकम ः
   Bachelor's / PGD  तहको हकमा लाग्ने रु. २०००
   Master's / M.Phil तहको हकमा लाग्ने शुल्क रु. २५००
   PHD तर्फको हकमा लाग्ने रु. ३०००

  1. Registration Card सक्कल (Original) ।
  2. प.नि.का. बल्खु बाट प्राप्त माईग्रेसनको फाराममा क्याम्पसको छाप र क्याम्पस प्रमुखको सहि वा क्याम्पसको सिफारिस ।
  3. लाग्ने शुल्क: सक्कल रजिस्टेसन कार्ड भएमा रु १००० नभएमा रु १२०० ।

त्रि.वि प.नि.का आएर सो कार्ड हराएको प्रतिलिपीको फाराम भरी रु. २०० को भौचर काटि तुरुन्त लिन सक्नु हुनेछ । 

वार्षिक प्रणाली तर्फको भएमा नतिजा सार्वजनिक भएको मितिले करिब १ बर्ष पछि मात्र त्रि. वि परीक्षा नियन्त्रण कार्यालय बाट लिन सकिन्छ जसको लागि परीक्षा दिएको साल, सिम्ंबल नम्बर र खण्ड एकिन हुनु पर्छ र सोही अनुसार क्याम्पसको सिफारिस बनाई ल्याउनु पर्नेछ यदि सेमेष्टर प्रणाली तर्फको भएमा सम्बन्धित संकायको डीन कार्यालयमा सम्पर्क राख्ने । 

प्रतिलिपी मार्कसिटको हकमा प्रति मार्कसिट रु. १२५ को दरले शुल्क लाग्ने छ । 

मार्कसिटमा नाम, थर एवं रजिष्ट्रेशन नं. फरक परेमा वा रजिष्ट्रेशन नं. माार्कसिटमा नभएमा निम्न कागजपत्र आवश्यक पर्छ जस्तैः 
    १. क्याम्पसको सिफारिस 
    २. रजिष्ट्रेशन कार्डको फोटोकपी 
    ३. मार्कसिट सक्कल
    ४. प्रवेश पत्र सक्क्ल 
    आवश्यक परेमा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको सिफारिस । 

हालसालै आएको नतिजाको मार्कसिटमा सच्चाउनु पर्ने भएमा नतिजा सार्वजनिक भएको मितिले १ बर्ष सम्म कुनै शुल्क लाग्दैन यद्यपी १ बर्ष भन्दा बढि भएमा प्रति मार्कसिट रु. १०० को दरले लाग्ने छ ।